बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कुवेत रोजगारीमा उड्नै लागेका ११७ जना विमानस्थलबाटै फिर्ता, नक्कली भिसाको आशंका

कुवेत रोजगारीमा उड्नै लागेका ११७ जना विमानस्थलबाटै फिर्ता, नक्कली भिसाको आशंका

रोजगारीका लागि कुवेत जान लागेका ११७ नेपालीलाई भिसामा शंका लागेपछि विमानस्थलबाट फर्काउनु परेको अध्यागमनको प्रस्टोक्ति, रोजगार व्यवसायी संघको विरोध।
 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं–अध्यागमन विभागले त्रिभुवन विमानस्थल हुँदै श्रम स्वीकृति लिएर कुवेत रोजगारीमा जान लागेका ११७ जनालाई नक्कली भिसाको आशंकामा विमानस्थलबाटै फिर्ता पठाएको छ। रोजगारीका लागि कुवेत जान लागेका ११७ नेपालीलाई भिसामा शंका लागेपछि विमानस्थलबाट फर्काउनु परेको विभागका महानिर्देशक झलकराम अधिकारीले बताएका हुन्। 

National life

उनले भने, ‘भिसामा एउटा कम्पनीको नाम र रोजगार सम्झौतामा अर्कै कम्पनीको नाम भएको भेटिएपछि थप छानबिन गर्न उनीहरुलाई फर्काइएको हो। उनीहरूको डकुमेन्ट प्रमाणित भएपछि प्रक्रिया अघि बढ्छ। बदमासी भए सम्बन्धित मेनपावर कम्पनीमाथि कारबाही हुन्छ। त्यसका लागि वैदेशिक रोजगार विभागसँग सम्पर्कमा रहेका छौं।’

भिसा स्टाटसमा पनि स्वीकृत हुन बाँकी) भनेका कारण उनीहरूलाई रोकिएको महानिर्देशक अधिकारीले प्रस्ट पारे। विदेश रोजगारीमा पठाउने मेनपावर कम्पनीमाथि पनि छानबिन हुने उनको भनाइ छ।

त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले बुधबार बेलुकी सलाम एयरमार्फत कुवेत जान लागेका १०१ र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेत उड्ने तयारीमा रहेका १६ श्रमिकलाई नक्कली भिसाको आशंकामा विमानस्थलबाट फर्काएको हो।

आइतबार पनि श्रम स्वीकृति लिएर जोर्डन उड्न लागेका १५ नेपालीलाई अध्यागमनले विमानस्थलबाटै फर्काइदिएको थियो। विमानस्थलबाट फर्काइएकामध्ये आधाभन्दा बढी महिलाले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा जान लागेको जवाफ सरकारी अधिकारीलाई दिएपछि शंका उब्जिएको बताइएको छ।

Shivam cement

नक्कली भिसाबारे श्रम र गृह मन्त्रालयका सचिवसँग छलफल गरिएको उनको भनाइ छ। इन्डेक्स मेनपावरबाट ४७, युथ मेनपावरबाट ३२ र नीलकलम एचआरबाट २४, सुलभ म्यानपावरमार्फत चार श्रमिकले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका सुवेदीले बताए।

११७ जनाको नक्कली भिसा बनाएर विदेश रोजगारीमा पठाउँदा विमानस्थबाटै फर्काइए पनि वैदेशिक रोजगार व्यवसायी संघ भने अध्यागमनमाथि खनिएको छ। श्रम स्वीकृति लिएर कुवेत उड्न लागेकालाई बिनाकारण रोकिएको संघ अध्यक्ष राजेन्द्र भण्डारीले दाबी गरे।

प्रकाशित: Jul 13, 2023| 15:40 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्