NadaNada
बुधबार, भदौ ४, २०८२

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार तुलाधर पक्राउ

प्रहरी छानबिनबाट नक्कली शरणार्थी प्रकरणमा संलग्न तुलाधरलाई प्रहरीले सानो भर्‍याङबाट पक्राउ गरेको हो।
 |  बिहीबार, असार २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

vianetvianet

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधरलाई नियन्त्रणमा लिएको छ। असन घर भएका तुलाधरलाई प्रहरीले सानो भर्‍याङबाट पक्राउ गरेको हो।

उनीमाथि ठगी तथा संगठित अपराधसमेतको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले बताए।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्धामा संलग्न रहेको प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो।

सोही प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझीहरुसहित १६  हाल थुनामा छन् भने दुई जना भने धरौटीमा रिहा भएका छन्।

प्रकाशित: Jul 13, 2023| 14:49 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्