

काठमाडौं– उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहाका ४० वर्षीय युवराज राईको करेन्ट लागेर मृत्यु भएको छ।
नगरपालिकाको वडा–४ फर्सेटस्थित सडकको बिजुली पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै, सप्तरीको सुरुंगा नगरपालिका–५ कुशहाका ६५ वर्षीय हवाई चौधरीको करेन्ट लागेर बुधबार राती मृत्यु भएको छ। आफ्नै घरमा विद्युत् तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहान सिराहामा उपचारका क्रममा मृत्यु भएको हो।
दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।