

काठमाडौं– धर्मपत्नी सीता दाहालको निधनका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिनसम्म सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको सचिवालयले पत्नी शोकमा परेका कारण औपचारिक कार्यक्रममा तीन दिनसम्म सहभागी नहुने जानकारी दिएको हो।
पत्नी शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनै पनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार समवेदना साट्न आउनेसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट हुनेछ।