बुधबार, साउन २०, २०८३

भूकम्पले हल्लियो हुम्ला

आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका वरपर केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।
 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं– हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन  केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि गत २५ असारमा सिन्धुपाल्चोकको बाह्रबिसे आसपास केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ।

प्रकाशित: Jul 13, 2023| 13:11 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्