बिहीबार, असार ४, २०८३

आत्महत्या दुरुत्साहन आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं- आत्महत्या दुरुत्साहनको अभियोगमा काभ्रेको भुम्लु गाउँपालिका–१ का अध्यक्ष लोकबहादुर श्रेष्ठसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

National life

जग्गाको विषयलाई लिएर भएको विवादपछि भुम्लु गाउँपालिक–१ स्थित सापिङका ६८ वर्षीय ठडेन्द्रप्रसाद पन्तले असार १० गते आत्महत्या गरेका थिए। भीमेश्वर महिला कृषक समूहको भवन निर्माणका लागि ठडेन्द्रबहादुर पन्तकी श्रीमती भोजकुमारी बानियाँ पन्तको नाममा दर्ता भएको पूरै कित्ता जग्गामध्ये ३ आना जग्गा दिने सहमति भई बैनाबापत ३० हजार रुपैयाँ भुक्तानी भएको थियो।

बाँकी रकम यथाशीघ्र भुक्तानी गर्ने र जग्गा पास गर्ने सहमति भए पनि रकम दिन आनाकानी गर्दै आएको पीडित पक्षले जनाएको छ। रकम नदिने र जग्गा पाससमेत नगरी जर्बजस्ती भवन निर्माण गरेको र पुनः थप भवन निर्माण गर्न तथा शौचालय निर्माण गर्नका लागि जग खन्ने, निर्माण सामग्री जम्मा गर्ने कार्य गर्न लागेको भन्दै ठडेन्द्रबहादुर पन्तसहितले अवरोध गर्ने प्रयास  गरेका थिए।

रकम नदिँदासम्म उक्त स्थानमा निर्माण कार्य रोक्न गरेको अनुरोधलाई अस्वीकृत गर्दै वडाध्यक्ष लेखबहादुर श्रेष्ठ, संस्थाकी अध्यक्ष तथा वडा सदस्यसमेत रहेकी दानकुमारी खत्री र ताराबहादुर पन्तले मानसिक यातना र धम्की दिएको पीडित पक्षको आरोप छ। धम्कीपछि विक्षिप्त भएका ठडेन्द्रबहादुरले सोही जग्गा नजिकै लप्सीको बोटमा नाम्लोको पासो लगाई असार १० गते बिहान झुन्डिएर आत्महत्या गरेका थिए।

मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को कसुर आत्महत्या गर्न दुरुत्साहन गरेकोमा कारबाहीको माग गर्दै दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेमा पीडित पक्षले वडाध्यक्षसहित ३ जनाविरुद्ध जाहेरी दिएका थिए। जाहेरी दर्ता भएसँगै प्रहरीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो।

Shivam cement

प्रकाशित: Jul 13, 2023| 12:29 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्