बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीको समवेदना 

सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीको समवेदना 

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको हो।
 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीले एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

National life

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको छ।

‘सीता दाहालले नेकपा माओवादी केन्द्रकी महत्त्वपूर्ण नेताका रूपमा काम गरेको र हाम्रो विभागको निमन्त्रणामा भएको चीन भ्रमणमा उहाँको पनि सहभागिता थियो’, शोक सन्देशमा भनिएको छ, ‘उहाँको निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं।’

उक्त पार्टीले यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासको नेतृत्व गर्न प्रधानमन्त्री दाहालको दृढशक्तिको कामनासमेत गरेको छ। प्रधानमन्त्री प्रचण्डपत्नीको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।–रासस

प्रकाशित: Jul 13, 2023| 11:53 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्