बिहीबार, असार ४, २०८३

भोटोकोशीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

रसुवा- भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढ्दै गएकाले पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले अनुरोध गरेको छ। 

National life

जिल्ला प्रहरी प्रमुख सुवाष बुढाथोकीका अनुसार तिब्बतदेखि प्रवाह भई रसुवागढीबाट नेपाल भित्रिने भोटोकोशीमा आज अपराह्नदेखि पानीको बहाव ह्वात्तै बढेकाले नदी किनारका आसपासमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको हो।

अहिले भोटोकोशी खोलाको बाढी स्याफ्रुबेँसीबाट तल झरेको बताइएको छ। बेत्रावती तथा मैलुङ क्षेत्रका नदी आसपासका बासिन्दालाई माइकिङद्वारा सूचना प्रवाह भइरहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए।

मातहतका सबै प्रहरी चौकीमार्फत सतर्कता अपनाउने कार्य भइरहेको जानकारी दिँदै रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बाढीबाट हुनसक्ने असरबाट सबैजना सुरक्षित रहन र सुरक्षित गराउन अनुरोध गरिएको बताए।
 

प्रकाशित: Jul 12, 2023| 21:10 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्