बिहीबार, असार ४, २०८३

पहिरोले देखाउँछ यस्ता पूर्वसंकेत

मानवीय र भौतिक क्षति पनि पहिरोबाट धेरै हुन थालेको छ। पछिल्लो १२ वर्षको तथ्याङ्कमा पनि बाढीभन्दा पहिरोका घटना धेरै भएका छन् भने मानवीय क्षति पनि पहिराले बढी गराएको छ।
 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं- बर्खा लागेसँगै बाढीपहिरोका घटना बढिरहेका छन्। यो वर्षको वैशाख १ देखि असार २५ गतेसम्म झन्डै तीन महिनाको अवधिमा बाढीका ८९ घटना हुँदा पहिरोका दोब्बरभन्दा बढी दुई सय ४८ घटना भएका छन्। सोही अवधिमा बाढीबाट नौ जनाको मृत्यु भयो भने पहिराबाट १९ जनाले ज्यान गुमाएका छन्। यस वर्षको मात्रै होइन विगतका वर्षको तथ्याङ्क केलाउँदा पनि बाढीको भन्दा पहिरोजन्य घटना अत्यन्तै बढेर गएको छ।

National life

मानवीय र भौतिक क्षति पनि पहिरोबाट धेरै हुन थालेको छ। पछिल्लो १२ वर्षको तथ्याङ्कमा पनि बाढीभन्दा पहिरोका घटना धेरै भएका छन् भने मानवीय क्षति पनि पहिराले बढी गराएको छ। अझ पछिल्लो पाँच वर्षदेखिको विवरण विष्लेषण गर्दा बाढीका घटना क्रमशः घट्दो क्रममा रहेको छ भने पहिराका घटना क्रमशः बढिरहेको पाइएको छ।

जानकारहरुका अनुसार पहिरोका केही पूर्वसंकेतहरु देखिन्छन्। कहिलेकाहीँ तपाईंको वरिपरिका वस्तुहरुमा भएको परिवर्तनहरुले पनि पहिरोको संकेत दिने गर्छन्। यसको ख्याल गर्नुहोस् र पहिरोबाट हुन सक्ने जोखिमबाट सुरक्षित रहनुहोस्।
पहिरोका पूर्वसंकेत

- पहिरो जानुपूर्व भिरालो सुक्खा जमिनमा पानी रसाउन थाल्छ।
- जमिन भुक्क फुल्ने, धाँजा फाट्ने, पहिल्यै धाँजा फाटेको छ भने धाँजा फराकिलो हुने, भासिने र जमिनमुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउँछ।
- पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरु ढल्किने आदि संकेतहरु देखिन्छन्।
- पहिरोबाट जोगिनका लागि आफ्नो आसपासको जमिन तथा घर वा घर परिसरमा गहिरो चिरा परेको भएमा तुरुन्त सुरक्षित स्थानमा गएर बस्नुपर्छ।
- यस्तो अवस्थामा सकेसम्म छिटो पहिरो गएको स्थलबाट हिँडिहाल्नुपर्छ। घरका सरसामग्री लैजानतर्फ लाग्नु हुँदैन।
- पहिले पहिरो गएको ठाउँमा फेरि पनि पहिरो जान सक्छ। यस्तो ठाउँमा सकेसम्म बस्नु हुँदैन। साथै ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा पहिरो जान सक्ने अवस्थालाई लिएर चनाखो हुँदै सुरक्षित स्थानमा जानुपर्छ।
स्रोत: विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

प्रकाशित: Jul 13, 2023| 06:21 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्