बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बल्छी धुर्वे, राजु मास्टरलगायत कलाकारलाई पाँच हजार धरौटीमा छाड्न आदेश

बल्छी धुर्वे, राजु मास्टरलगायत कलाकारलाई पाँच हजार धरौटीमा छाड्न आदेश

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं- अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

National life

जिल्ला अदालत काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै कलाकारहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो। उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ।

उक्त अभियोग अनुसार उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ। जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने  व्यवस्था छ। सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई भने १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ। यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन्।

जिल्ला सरकारी वकिल कार्यालयले दिनेश खड्का र अनिता धितालले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २ बमोजिम कसुर गरेको भन्दै ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गरेको थियो।
 

Shivam cement

प्रकाशित: Jul 12, 2023| 20:27 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्