बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंका नगर प्रहरीलाई प्रशिक्षण- नागरिकसँग राम्रो व्यवहार गर्नू 

काठमाडौंका नगर प्रहरीलाई प्रशिक्षण- नागरिकसँग राम्रो व्यवहार गर्नू 

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं- सहरी व्यवस्थापनका क्रममा व्यापारीहरूसँग अभद्र व्यवहार भएको गुनासो आएपछि काठमाडौं महानगरले आफ्ना प्रहरीलाई प्रशिक्षण दिएको छ। व्यापारी तथा नागरिकसँग गर्नुपर्ने आचरणका विषयमा उनीहरुलाई सिकाइएको हो। 

National life

ब्रिफिङका क्रममा महानगर प्रहरी प्रमुख राजु पाण्डेले नगर प्रहरीहरूलाई सामान पोखिने गरी कारबाही नगर्न निर्देशन दिएका छन्। 

उनले भने, ‘सहरी सुव्यवस्थाका लागि हामीले गरेका काम र आचरणलाई नागरिकलाई नजिकबाट नियालिरहेका हुन्छन्। सडक व्यापारीको सामान पोखिने गरी कारबाही गरेको जस्ता विषयमा गुनासा आएका छन्। सामान पोखिने गरी कारबाही नगर्नू। नागरिकसँग आदरार्थी शब्दको प्रयोग गरेर बोल्नु। कानुनको परिपालना गर्ने-गराउने, नागरिकमैत्री व्यवहार गर्ने, अनुशासन र आदेश शृंखलाको पालना नगर प्रहरीका अनिवार्य जिम्मेवारी हुन्। यसलाई पालना गर्नू।’

हिजोमात्रै सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने काठमाडौं महानगरका नगर प्रहरी कारबाहीमा परेका थिए। ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ भने स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ।

प्रकाशित: Jul 12, 2023| 19:49 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्