बिहीबार, असार ४, २०८३

थाई विदेशमन्त्री र नेत्री सुकीबीच हिरासतमा भेटवार्ता

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

जकर्ता- थाइल्यान्डका एक जना वरिष्ठ कूटनीतिज्ञले म्यान्माका अपदस्थ नेत्री आङ सान सुकीलाई गत सप्ताहन्तमा हिरासतमा भेटेको बताउँदै उनले द्वन्द्वग्रस्त म्यान्माको सङ्कट समाधानका निम्ति वार्तामा संलग्न हुन खुला रहेको जानकारी दिएको बताएका छन्। सन् २०२१ को फेव्रुवरी १ मा सेनाले नेत्री सुचीको निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जामा लिएर उनको राजनीतिक दल नेशनल लिग फर डिमोक्रेसीका अन्य अधिकारीलाई हिरासत राखेपछि थाई विदेश मन्त्री डोन प्रमुडविनाइले उनलाई पहिलोपटक भेटेका हुन्। नेत्री सुकी पक्राउ परेपछि पहिलोपटक उनलाई भेट्ने म्यानमार बाहिरको पहिलो सरकारी अधिकारी थाइ विदेशमन्त्री प्रमुडविनाइ हुन्।

National life

इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसीयान) का विदेशमन्त्रीहरूको बैठकमा थाइल्याण्डका विदेशमन्त्रीले नेत्री सुकीसँगको भेटवार्ताबारे जानकारी दिँदै उनको स्वास्थ्यमा कुनै समस्यमा नरहेको बताए। म्यान्माको वर्तमान सङ्कट समाधानका निम्ति वार्ता हुनुपर्नेमा नेत्री सुकीले जोड दिएको र त्यसनिम्ति आफू तत्पर रहेको बताएका थाई विदेशमन्त्री प्रमुडविनाइले जानकारी दिए। ‘म्यान्मा समस्या समाधानको बाटो खोजिरहेको’ नेत्री सुकीले बताएको उनले जानकारी दिए।

सेनले सत्ता कब्जा गरेपछि त्यसको सशस्त्र प्रतिरोधमा व्यापक बल प्रयोग हुँदा सयौँले ज्यान गुमाएका छन् देश अराजकतातर्फ उन्मुख भएको छ। संयुक्त राज्य अमेरिकाका साथै युरोपेली मुलुकका सरकारले म्यान्माको सैन्य सरकारमाथि प्रतिबन्ध लगाएका छन्। उनीहरूले सुचीसहितका अन्य सबै राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दै आएका छन्।

म्यान्मा सङ्कटलाई सम्बोधन गर्न अन्तरराष्ट्रिय दबाबमा आसियान रहेको छ। सङ्गठनले म्यान्माका जनरलहरूलाई बैठकहरूमा भाग लिनबाट रोकेको छ। म्यान्मा सङ्कट समाधानका योजनाप्रति उसले बेवास्ता गरेकाले सङ्गठनले म्यान्मालाई बैठमा सहभागी हुनबाट रोकेको हो। 

म्यान्माका सैनिक शासकले आसियानलाई एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने आधारभूत सिद्धान्तहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्।  आसियान नेताहरूले पाँच–बुँदे शान्ति योजना कार्यान्वयन गर्न आह्वान गरेका छन्।   -एपी

Shivam cement

प्रकाशित: Jul 12, 2023| 20:31 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्