बिहीबार, असार ४, २०८३

प्रधानमन्त्री मोदी फ्रान्स र युएईको भ्रमणमा निस्कँदै

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

नयाँ दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै साता फ्रान्स र संयुक्त अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमण गर्ने भएका छन्। 

National life

प्रधानमन्त्री मोदीले यही असार २८ र २९ गते फ्रान्सको भ्रमण गर्नुहुने विदेश मन्त्रालयले जनाएको छ। बास्टिल डे अर्थात् राष्ट्रिय दिवसका अवसरमा आगामी शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहका विशेष अतिथिका रुपमा उनी सहभागी हुनेछन्। फ्रान्समा रहँदा प्रधानमन्त्रीले राष्ट्रपति इमानुएल म्याक्रोसँग औपचारिक वार्ता गर्नेछन्। 

भारतीय विशिष्ट अतिथिको सम्मानमा राष्ट्रपति म्याक्रोँले विश्वको सबैभन्दा ठूलो लुभ्र सङ्ग्रहालयमा रात्रिभोजको आयोजना हुनेछ। यस वर्षको ‘नमस्ते फ्रान्स’ महोत्सवमा भाग लिने भारतीय कलाकारलाई भेट्नु अघि दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने कार्यक्रममा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् भने परम्परागत बास्टिल डे सैन्य परेडमा पनि उनी सामेल हुनेछन्। भारतीय वायु सेनाको एउटा ठूलो टोली पनि परेडमा सहभागी हुनेछ।

प्रधानमन्त्री मोदीले फ्रान्सका प्रधानमन्त्री, सिनेटका राष्ट्रपति र फ्रान्सको राष्ट्रिय सभाका सदस्यहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। उनले फ्रान्समा रहेका भारतीय डायस्पोरा, भारतीय र फ्रान्सेली कम्पनीका सीईओ र फ्रान्सका प्रमुख व्यक्तित्वहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। 

फ्रान्स र भारतबीच रणनीतिक साझेदारीको २५ वर्ष भएको छ। द्विपक्षीय रणनीतिक साझेदारीको रजत महोत्सवका सन्दर्भमा दुई देशबीच रक्षा र ऊर्जासहित धेरै क्षेत्रमा व्यापार सम्झौता वार्ता हुने बताइएको छ।   -एएनआई
 

Shivam cement

प्रकाशित: Jul 12, 2023| 19:31 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्