बुधबार, साउन २०, २०८३

भरतपुर मेयर रेणुलाई कामनपा मेयर बालेनले दिए समवेदना

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मातृशोकमा परेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई समवेदना दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले समवेदना व्यक्त गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी तथा रेणुकी आमा सीता दाहालको आज नर्भिक अस्पतालमा निधन भएको थियो। बालेनले परिवारको अभिभावकत्व ग्रहण गर्दै प्रधानमन्त्री पितासहित सबैलाई सम्हाल्न सक्ने क्षमता रेणुलाई प्राप्त होस् भन्ने कामना गरेका छन्। साथै उनले स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेका छन्।

प्रकाशित: Jul 12, 2023| 17:47 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्