बिहीबार, असार ४, २०८३

दैलेखमा सहुलियतको खाद्यान्न अभाव

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

दैलेख- दैलेखमा सहुलियतमा बिक्री गर्दै आएको खाद्यान्न अभाव भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा हाल तीन सय ३५ क्वीन्टल मात्रै खाद्यान्न स्टक छ। यो खाद्यान्न आपतकालीन अवस्थाका लागि र कारागारामा रहनेका लागि मात्रै भएको दैलेख शाखाका निमित्त शाखा प्रमुख रवीनकुमार रेग्मीले बताए।

National life

यहाँका नौमूले, ठाँटीकाँध, चामुण्डा र बेस्तडा बिक्री केन्द्रमा समेत खाद्यान्न पुग्न सकेको छैन। दैलेखबाट बिक्री केन्द्रमा पुर्याउँदा लाग्ने ढुवानी पैसा कम भएको भन्दै बिक्री केन्द्रमा चामल पुर्याउने ठेकेदारहरुले आनाकानी गर्दै आएका छन्।

साथै थप कोटाका लागि परिपत्र हुँदा पनि ढुवानी अनुदान नआएपछि समस्या देखिएको हो। दैलेखमा असारमा एक हजार पाँच सयदेखि दुई हजारसम्म क्वीन्टल खाद्यान्न आवश्यकपर्छ। असारमा केही परिमाण बिक्री गरी बाँकी चामल आगामी दशैँसम्म राख्नुपर्छ भएकाले चामलको परिमाण कम भएको छ।

नेपालगञ्ज र राजापुरबाट आउनुपर्ने थप कोटाको चामलसमेत नआएका कारण दैलेखमा खाद्यान्न अभाव भएको हो। खाद्य व्यवस्था तथा व्यापार लिमिटेड दैलेखमार्फत बिक्री गरिने सहुलियत चामल अन्यत्रको तुलनामा प्रतिक्वीन्टल रु सात सयसम्म कम पर्छ।

प्रकाशित: Jul 12, 2023| 22:23 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्