मंगलबार, असोज १३, २०८३

बंगलादेशमा डेंगुबाट एकैदिन ७ जनाको मृत्यु

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

ढाका- बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु भएको छ। मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो।

मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेंगुका नयाँ बिरामी दर्ता भएका तथा  थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ। यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो।

हाल डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार आठ सय ९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका  महानिर्देशनालयले बताएको छ। यो वर्ष डेंगु सङ्क्रमितमध्ये ११ हजार पाँच सय ११ जनाले स्वास्थ्य लाभ गरेका छन्।

यो महिनामा मात्रै थप छ हजार नौ सय १९ जना डेंगुका नयाँ सङ्क्रमित फेला परेका तथा ३६ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ।   -सिन्ह्वा

प्रकाशित: Jul 12, 2023| 20:41 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्