आज (बुधबार) बिहान निधन भएकी प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएपछि उनको शव श्रद्धाञ्जलीका लागि पेरिसडाँडास्थित नेकपा माओवादीको मुख्यालय लगिएको थियो। त्यसपछि शवयात्रा गरी पशुपतिमा अन्त्येष्टि गरिएको हो। पत्नीको शवमा प्रचण्डले दागबत्ती दिएका थिए।
आजै सिंहदबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहालको निधनप्रति दुःख तथा समवेदना प्रकट गर्दै राजकीय सम्मानसहितको अन्तिम बिदाइ गर्ने निर्णय गरेको थियो।
तस्बिरहरु: नेपाल समय र रासस