बुधबार, साउन २०, २०८३

प्रचण्डसहित दुई छोरीले दिए सीतालाई दागबत्ती

सीताको अन्तिम संस्कारका लागि विभिन्न राजनीतिक दलका नेता, उच्चपदस्थ सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारीलगायत सर्वसाधारण नागरिकको पशुपति आर्यघाटमा बाक्लो भीड देखिन्थ्यो।
 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं– दिवंगत सीता दाहालको पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। उनको अन्त्येष्टि कर्ममा पति प्रचण्डले दागबत्ती दिए।

बिहान ८.३३ मा बितेकी सीतालाई श्रद्धाञ्जली अर्पण नेकपा माओवादीको मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे शव लगिएकामा दिउँसो साढे २ बजेट अन्तिम संस्कारका लागि पशुपतिस्थित आर्यघाट पुर्याइएको थियो।

सीताको निधन भएपछि प्रधानमन्त्री प्रचण्डलाई सहानुभूति दिन र श्रद्धाञ्जली व्यक्त गर्न राजनीतिक दलका सबैजसो शीर्ष नेता नर्भिक हस्पिटल र पेरिसडाँडा पुगेका थिए। सीताको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र, भारतीय प्रधानमन्त्री नरेन्द्रदास मोदीलगायतले समवेदना व्यक्त गरेका छन्।

आजै बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत सीतको अन्तिम संस्कार राजकीय सम्मानस्वरुप गर्ने निर्णय गरेको थियो। सोहीअनुसार उनको अन्तिम संस्कार राजकीय सम्मानका साथ गरिएको हो।

सीताको अन्तिम संस्कारका लागि विभिन्न राजनीतिक दलका नेता, उच्चपदस्थ सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी र माओवादी केन्द्रका समर्थक तथा शुभेच्छुक, सर्वसाधारण नागरिकको  पशुपति आर्यघाट बाक्लो भीड लागेको थियो।

पार्किन्सन रोगबाट थलिएकी सीता बिस्तारामा अचेत अवस्थामा थिइन्। आजै उनको मुटुले काम गर्न छाडेपछि उपचारका लागि नर्भिक पुर्याइए पनि बच्न सकिनन्।

 

प्रकाशित: Jul 12, 2023| 15:42 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्