बिहीबार, असार ४, २०८३

सीता दाहालको अन्तिम शवयात्रा आर्यघाटतिर

पेरिसडाँडाबाट हिँडेको शवयात्रामा हजारौंको सहभागिता।
 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं– दिवंगत सीता दाहालको पार्थिक शरीर अन्तिम संस्कारका लागि माओवादी मुख्यालय पेरिसडाँडाबाट पशुपति आर्यघाटतिर लैजान थालिएको छ। 

National life

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीताको शव बिहान ११ बजे श्रद्धाञ्जलीका लागि माओवादी मुख्यालय पेरिसडाँडामा राखिएकामा  अन्तिम संंस्कारका लागि पशुपति आर्यघाटतर्फ लैजान लागिएको हो।

दिवंगत सीताको राजकीय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ। स्व. सीतालाई नेपाली सेनाको टुकडीले सलामी दिनेछ।

दिवंगत सीताको शवलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिइएपछि अन्तिम संस्कारका लागि आर्यघाट लैजान लागिएको हो। आर्यघाटमा अन्तिम संस्कारका लागि तयारी थालिएको छ।

यतिबेला पशुपतिनाथ मन्दिर पारिपट्टि दिवंगत सीताको अन्तिम संस्कारमा सहभागिता जनाउन सयौंको संख्याका नागरिक भेला भएका छन्।

Shivam cement

प्रकाशित: Jul 12, 2023| 14:58 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्