बिहीबार, असार ४, २०८३

दुई दिनअघि आफैं बाइक चलाएर अस्पताल गएका वडाध्यक्षको मृत्यु

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०
National life
Shivam cement

काठमाडौं- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको मृत्यु भएको छ। आज दिउँसो १२ बजे उनको मृत्यु भएको हो।

पुनलाई रोल्पाबाट उपचारका लागि हिजो दाङको घोराहीमा रहेको राप्ती प्राविधिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो। स्क्रब टाइफसका कारण बिरामी भएका पुनको बुधबार मध्यान्ह दाङस्थित अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

दुई दिनअघि उनी आफैं मोटरसाइकल चलाएर अस्पताल गएका बताइएको छ। सोमबार आफैं मोटरसाइकल चलाएर अस्पताल गएका पुनलाई सोही दिन अस्पतालले सामान्य चेकजाँच गरी घर फर्काएको थियो। मंगलबार फेरि बिरामी भएपछि अस्पताल लगिएको थियो। ३९ वर्षीय पुन नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

प्रकाशित: Jul 12, 2023| 14:56 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्