बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वराजा ज्ञानेन्द्रद्वारा सीता दाहालको निधनप्रति समवेदना

पूर्वराजा ज्ञानेन्द्रद्वारा सीता दाहालको निधनप्रति समवेदना

पूर्वराजा ज्ञानेन्द्रले सीताको निधनमा दुःख व्यक्त गर्दै आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी मुख्यालय पेरिसडाँडा पठाएका थिए।
 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०
National life
Shivam cement

काठमाडौं– सीता दाहालको निधनप्रति पूर्वराजा ज्ञानेन्द्रले श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीताको आज बिहान ८.३३ बजे नर्भिक हस्पिटलमा निधन भएको हो।

पूर्वराजा ज्ञानेन्द्रले सीताको निधनमा दुःख व्यक्त गर्दै आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी मुख्यालय पेरिसडाँडा पठाएका थिए। महर्जनले पूर्वराजाका तर्फबाट सीताप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेको पूर्वसंवाद सचिव फणि पाठकले बताए।

सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो पौने २ बजेसम्म पार्टी कार्यालयमा राखिएकामा अहिले अन्तिम संस्कारका लागि पशुपतिस्थित आर्यघाट लगिँदै छ।

प्रकाशित: Jul 12, 2023| 14:29 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्