बिहीबार, असार ४, २०८३

सीता दाहाललाई राजकीय सम्मानसहितको अन्तिम बिदाइ गरिने

दिवंगत सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा राजकीय सम्मानसहितको अन्तिम बिदाइ गरिने मन्त्रिपरिषद् बैठकको निर्णय।
 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं– सिंहदबारमा बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनप्रति दुःख तथा समवेदना प्रकट गर्ने निर्णय गरेको छ।

National life

मध्याह्न १२ बजे सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सीता दाहाललाई राजकीय सम्मानसहितको अन्तिम बिदाइ गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले बताइन्।

सीतालाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान दिइने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। दिवंगत सीताको अन्त्येष्टि समयमा राजकीय सम्मानस्वरुप सेनाको दुई सेनामुख, स्कर्टपति सह–सेनानीको टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

सीताको आज बिहान ८.३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो। यतिबेला सीताको शव श्रद्धाञ्जली दिन पार्टी मुख्यालय पेरिसडाँडामा राखिएकामा केही छिनपछि अन्तिम संस्कारका पशुपतिस्थित आर्यघाट लगिँदै छ।

प्रकाशित: Jul 12, 2023| 14:00 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्