बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त

सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

मोदीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाली र अंग्रेजी दुवै संस्करणमा सीता दाहाल दिवंगत आत्मालाई चिर शान्ति मिलोस् भन्ने प्रार्थनागर्दै शोक सन्तप्त प्रचण्डसहित परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। 

उनले भनेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु।’

सीता दाहालको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

 

प्रकाशित: Jul 12, 2023| 13:45 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्