शुक्रबार, वैशाख २६, २०८२

एक दशकमा तीनपल्ट शोकमा परेको प्रचण्ड परिवार

सम्झनामा सीता दाहाल: दुई छोरी सम्हाल्दै भक्कानिए प्रचण्ड

आमा सीतालाई सम्झिएर धुरुधुरु रोएका छोरी रेनु र गंगालाई सम्हालिरहँदा प्रचण्ड पनि भक्कानिएको नमिठो दृश्यले सबैका आँखा रसाए। 
 |  बुधबार, असार २७, २०८०
nespernesper

गोकुल अर्याल

गोकुल अर्याल

बुधबार, असार २७, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परिवार पुनः शोकमग्न भएको छ। १० वर्षअघि क्यान्सरका कारण जेठी छोरी ज्ञानुलाई गुमाएका प्रचण्डले ६ वर्षअघि एकमात्र छोरा प्रकाशलाई पनि गुमाए। अहिले उनले पत्नी गुमाएका छन्।

triton college

बुधबार बिहान पत्नी सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएपछि उनलाई श्रद्धाञ्जली दिन पार्टी मुख्यालय पेरिसडाँडामा शव राखिएको छ। पत्नी वियोगमा परेका प्रचण्ड श्रद्धाञ्जली अर्पण गर्न छोरी रेनु र गंगासँगै पेरिसडाँडा पुगे।

पेरिसडाँडामा पत्नी सीताप्रति श्रद्धा व्यक्त गर्दा छोरी रेनु र गंगाँसगै प्रचण्ड पनि भक्कानिएको दृश्यले जोकसैको मन रुवाउँथ्यो। आमा सीतालाई सम्झिएर धुरुधुरु रोएका छोरी रेनु र गंगालाई सम्हालिरहँदा प्रचण्ड पनि भक्कानिएको नमिठो दृश्यले सबैका आँखा रसाए। 

२१ असार २०११ मा कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुबा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीता दाहालको बिहे २०२६ मा प्रचण्डसँग भएको थियो। उनी बिहेको दुई वर्ष २०२८ पछि कम्युनिस्ट आन्दोलनमा सरिक भएकी थिइन्। सीता जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन्। 

विशेषगरी जनयुद्धको समय परिवारको धागोलाई नचुँडिनबाट बचाएकी सीताले भूमिगत राजनीति हुँदै शान्ति सम्झौतापछि प्रचण्डलाई तीनपल्टसम्म मुलुकको कार्यकारी पदसम्म पुग्ने बाटो देखाइदिएकी हुन्। उनै सीतालाई आजदेखि दैवले चुँडेर लगेको छ। यसले गर्दा प्रचण्ड परिवार शोकमा डुब्नुपरेको हो।

National life insurance
Prachanda family1689149987.jpg
प्रचण्ड परिवार। फाइल तस्बिर

प्रधानमन्त्री प्रचण्डको व्यक्तिगत जीवनमा पारिवारिक वियोगको यो तेस्रो वज्रपात हो। १० वर्षअघि १३ चैत २०७० मा जेठी छोरी ज्ञानुको क्यान्सरबाट निधन भएको थियो। त्यसपछि छोरा प्रकाशलाई गुमाउनपर्यो। पुत्र वियोगको पीडाले थलिएकी सीतालाई बचाउन प्रचण्डले प्रचण्डले भएजति कुनै कसर बाँकी राखेनन्। भारत, अमेरिका, थाइल्यान्डसमेत उपचारका लागि लगे।

मृत्युलाई कसैले पनि जित्न सक्दैन भन्ने शास्वत सत्य सीतामा पनि लागू भएको छ। उनले यस संसारबाट बिदा लिएकी छन्, पति प्रचण्ड, छोरी रेनु र गंगालाई छाडेर। पत्नी ओछ्यान परे पनि प्रचण्डले सबैखाले पीडा र वेदनालाई लुकाएर राजनीतिक जीवनलाई अगाडि बढाइरहेका छन्। यतिबेला त झन् उनी प्रधानमन्त्रीको पदमा छन्।

पुष्पकमल दाहाललाई प्रचण्ड बनाउनमा उनै सीताको मुख्य देन रहेको मानिन्छ। आजबाट आधा भएको प्रचण्ड परिवारमा अब सीतासँगै छोरा प्रकाश र छोरी ज्ञानु परलोक भएका छन् भने यो लोकमा प्रचण्डसँग रेणु र गंगा मात्रै छन्। पेरिसडाँडामा जीवनसाथी सीताको पार्थिव शरीरमा पुष्प अर्पण गर्दा छोरी रेनु र गंगाले एक्कासि भक्कानिएपछि बाबा प्रचण्डलाई सम्हाले।

sita norvic hospital1689148888.jpg
नर्भिक हस्पिटलमा उपचारका क्रममा निधन भएकी आमा सीताको शव देखेर भक्कानिएका छोरी रेनु र गंगालाई सान्त्वना दिँदै प्रचण्ड। 

पछि आफूहरु दुवै जनाले आमा सम्झिएर डाँको छाडेर रोए। प्रधानमन्त्री प्रचण्डले छोरी रेनु र ज्ञानुलाई नरुन भने पनि उनीहरुका आँखाबाट निरन्तर अश्रुधारा बहिरहेको दृश्य साँच्चिकै पीडामिश्रित देखिन्थ्यो। माला चढाइसकेपछि प्रचण्डले भावविह्वल मुद्रामा पत्नीलाई मुठ्ठी उठाएर सलाम गरे। भक्कानिए। मृत शरीर नियाले, आँशु खसाल्दै।

बुधबार बिहान ८.३३ बजे नर्भिक हस्पिटलमा उपचारका क्रममा निधन भएपछि काठमाडौं आएकी भरतपुर महानगरको मेयरसमेत रहेकी रेनु असाध्य आमा सम्झिएर रोइन्। आमाको निधनपछि जहाजबाट काठमाडौं आएकी रेनु एयरपोर्टबाट सीधै नर्भिक पुगेकी थिइन्। नर्भिकमा पनि आमाको शव देखेपछि आँशु थाम्न नसकेकी रेनु पेरिसडाँडा मुख्यालयमा डाँको छाडेर रोएको दृश्य अरुलाई समेत रुवाउनले खाले लाग्थ्यो। 

प्रधानमन्त्री बाबु प्रचण्डको सल्लाहकार समूहमा रहेकी गंगा आमाको पार्थिव शरीर नजिक उभिएर आमा शब्द उच्चारण गरी धुरुधुरु रोइन्। आँखाबाट बलिन्द्र आँशु खसालिरहिन्। यो दृश्य पेरिसडाँडामा पनि देखियो। छोरीहरु भावविह्वल बनेपछि नजिकै रहेका प्रचण्डले उनीहरुलाई  सम्हाल्ने प्रयास गरे। आफैंलाई जन्म दिएकी आमा परलोक हुँदा कसको आँखा ओभानो हुन्छ र! परिवारमा आमाबाबु गुमाउँदाको पीडा गुमाउनेलाई मात्र थाहा लाग्छ। प्रचण्डले छोरीलाई सम्हाल्दै गर्दाको दृश्य भावुक देखिन्थ्यो।

प्रकाशित: Jul 12, 2023| 14:17 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्