बुधबार, फागुन २७, २०८२

वर्षाले धानबालीमा क्षति भएपछि किसान चिन्तित

 |  मंगलबार, कात्तिक १८, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०८२

रौतहट- गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले धानबालीमा क्षतिको आँकलन सार्वजनिक भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुर्‍याएको छ।

National life

जिल्लामा बाढीले १७ हजार ६३८ हेक्टर खेतको धानबाली, एक हजार ८०४ हेक्टर क्षेत्रफलको उखुबाली, छ सय ८५ हेक्टरको तरकारी, चार सय सात हेक्टरको फलफूलबाली र पाँच सय हेक्टर अन्य बालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए।

जिल्लाका १८ वटै पालिकासँग समन्वय गरेर क्षतिको विवरण संकलन गरिएको उनले बताए। बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्याएको उनले जानकारी दिए।

क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको र राहतका लागि कुरा भइरहेको उनले जानकारी दिए। जिल्लाको करिब ५१ हजार हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३८ हजार ५०० हेक्टरमा धानबाली लगाइएकामा बाढीले एक हजार ६३८ हेक्टर खेतको धानबालीमा क्षति पुर्‍याएको उनको भनाइ छ।

जिल्लामा ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने अनुमान गरिएको छ। यसैबीच दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले किसानले पाउनुपर्ने राहत रकम चाँडोभन्दा चाँडो उपलब्ध गराउन माग गरेको छ। बाढीले रौतहटका करिब साढे चार सय घरपरिवार विस्थापित भएका थिए।

Laxmi sunrise bank
kumari

पछिल्लोपटक आएको वर्षाले धानबालीमा क्षति पुर्याएको छ। भित्र्याउने बेलाको धान वर्षाले भिजाएपछि किसान चिन्तित बनेका हुन्। वर्षाले किसानले धान भित्र्याउन नपाएको बृन्दावन-१ का किसान शिवमंगल पटेलले गुनासो गरे। खेतमा काटेर राखेको धान सबै वर्षाले डुबाएको छ।

प्रकाशित: Nov 04, 2025| 12:03 मंगलबार, कात्तिक १८, २०८२
प्रतिक्रिया दिनुहोस्