बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीयवासीको जिज्ञासा : लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

स्थानीयवासीको जिज्ञासा : लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

 |  मंगलबार, कात्तिक १८, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०८२

भोजपुर- उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन्।

National life

भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ। छवटा पिलरको आधार (बेस) राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो।

‘लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ’, उनले भने, ‘राज्यको चार करोड खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ । हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौँ ।’

यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो। निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्माले बताए । पक्की पुल नहुँदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ ।

‘राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ’, उनले भने, ‘पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ । हामी यही अलपत्र पुल हेरेर बस्न बाध्य छौँ । यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ । सरकार यो पुल निर्माणमा गम्भीर बनेन।’

Shivam cement

२०६७ सालमा पुल निर्माण सु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो। पुल निर्माणको काम किन ढिलाइ भएको भन्ने विषयमा स्थानीय अन्योलमा परेका छन्।    रासस

प्रकाशित: Nov 04, 2025| 12:01 मंगलबार, कात्तिक १८, २०८२
प्रतिक्रिया दिनुहोस्