बिहीबार, असार ४, २०८३

बालकको मृत्युपछि मन्टेश्वरी बन्द, सञ्चालक पक्राउ

सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० मा अवस्थित सानो साथी किन्डर गार्टेन मन्टेश्वरीका सञ्चालकसहित तीन जना प्रहरी नियन्त्रणमा।
 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

झापा– सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षीय तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।

National life

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर–११ का ४५ वर्षीय मनोज गुरुङ, ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल छन्। मन्टेश्वरी सञ्चालक काठमाडौं–३१ का ४२ वर्षीय सुरेन रसाइली भने फरार रहेको प्रहरीले बताएको छ। 

मृतक बालकका बुबा खर्कबहादुर र आमा मेरिना लिम्बूले चार जनाविरुद्ध लिखित किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका मनोज गुरुङ विद्यालयका प्रिन्सिपल हुन्। 

सेफ्टी ट्यांकीमा डुबेका बालकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको थियो। मृतकका आमा र बाबुले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यानसम्बन्धी कसुरमा कानुनी कारबाही माग गर्दै किटानी जाहेरी दिएका थिए। 

गुरुङ र रसाइली विद्यालयका साझेदार हुन् भने पोखरेलले संयोजक र सुनार कर्मचारीका रुपमा काम गर्दै आएका थिए। बालकको शव  हाल बीएन्डसी अस्पतालमै राखिएको छ।–रासस

Shivam cement

प्रकाशित: Jul 12, 2023| 12:21 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्