बुधबार, साउन २०, २०८३

सीता दाहालको निधनप्रति राष्ट्रपति पौडेलको समवेदना

राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर दिंवगत सीताको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन्।
राष्ट्रपति पौडेलले बुधबार बिहान पत्नीशोकमा परेका प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर दिंवगत सीताको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

उनले दुःखको घडीमा ईश्वरले प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेको शीतलनिवासले जनाएको छ। 

सीताको पार्थिव शरीरलाई ११ देखि १ बजेसम्म नेकपा माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा राखिने र २ बजे पशुपतिस्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: Jul 12, 2023| 12:03 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्