बिहीबार, असार ४, २०८३

पार्टी मुख्यालय पेरिसडाँडा लगियो सीता दाहालको शव 

दिंवगत सीताको शव दिउँसो १ बजेसम्म पेरिसडाँडामा राखेर २ बजे पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिनेछ।
 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०
National life
Shivam cement

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको शव नेकपा माओवादी केन्द्रको मुख्यालय कोटेश्वरस्थित पेरिसडाँडा लगिएको छ। दिवंगत सीताप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी मुख्यालय पेरिसडाँडामा शव लगिएको हो। 

बुधबार बिहान ८ः३३ मा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएकी सीताको शव दिउँसो १ बजेसम्म पार्टी कार्यालयमै राखिने माओवादी केन्द्रले बताएको छ।

लामो समयदेखि पार्किन्सबाट पीडित ६९ वर्षीया प्रचण्डपत्नी सीतालाई अकस्मात हृदयघात भएपछि  बुधबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सीताको शव दिउँसो १ बजेसम्म पेरिसडाँडामा राखेर २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

प्रकाशित: Jul 12, 2023| 11:33 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्