बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रचण्डपत्नी सीताप्रति श्रद्धाञ्जली अर्पण गर्न नर्भिकमा शीर्ष नेताहरुको भीड

प्रचण्डपत्नी सीताप्रति श्रद्धाञ्जली अर्पण गर्न नर्भिकमा शीर्ष नेताहरुको भीड

सीतालाई श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस सभापति देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम, नेकपा एसका अध्यक्ष माधव नेपाल, रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरु अस्पताल पुगेका हुन्।
 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०
National life
Shivam cement

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दालहा प्रचण्डपत्नी सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू नर्भिक अस्पताल पुगेका छन्। सीताको बुधबार बिहान ८.३३ बजे उपचारका क्रममा नर्भिकमा निधन भएको हो। 

सीतालाई श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एसका अध्यक्ष माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरु अस्पताल पुगेका छन्।

यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादव, स्वास्थ्यमन्त्री मोहन बस्नेत, सञ्चारमन्त्री रेखा शर्मालगायत नेता तथा मन्त्रीहरु पनि अस्पताल पुगेका छन्। नर्भिकमा नेकपा माओवादी केन्द्रका नेताहरुको बाक्लो उपस्थिति रहेको छ।

प्रकाशित: Jul 12, 2023| 10:53 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्