बुधबार, साउन २०, २०८३

प्रधानमन्त्री पत्नी सीता दाहालको अन्तिम संस्कार आजै गरिने

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहालको आजै अन्तिम संस्कार गरिने भएको छ। 

बुधबार बिहान ८:३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया दाहालको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने छ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको थियो। प्रधानमन्त्री प्रचण्ड पनि बिहानै नर्भिक अस्पताल पुगेका छन्। अहिले नर्भिक अस्पतालमा नेता, कार्यकर्ता र शुभेच्छुक जानेक्रम जारी रहेको छ।

प्रकाशित: Jul 12, 2023| 10:07 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्