बिहीबार, असार ४, २०८३

भएको के थियो सीता दाहाललाई ?

दाहाल लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) नामक रोगबाट ग्रसित थिइन्। केही वर्षदेखि रोगसँग जुधिरहेकी सीताको नेपालका साथै अमेरिका र भारतका विभिन्न अस्पताल पुर्‍याएर उपचार गरिएको थियो।
 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज बुधबार निधन भएको छ।

National life

दाहाल लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) नामक रोगबाट ग्रसित थिइन्। केही वर्षदेखि रोगसँग जुधिरहेकी सीताको नेपालका साथै अमेरिका र भारतका विभिन्न अस्पताल पुर्‍याएर उपचार गरिएको थियो।

विश्वका नाम चलेका अस्पतालमा उपचार गर्दा समेत उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएको थिएन। यो एक मस्तिष्कमा लाग्ने रोग हो, जसलाई विश्वको चिकित्सा विज्ञानले पूर्ण रुपमा निको पार्ने उपाय अझै पत्ता लगाइसकेको छैन। मस्तिष्कका विभिन्न रोग तथा समस्यामध्ये पीएसपी पनि एक हो। यो रोग निकै कम मानिसमा देखिने गर्छ।

झट्ट हेर्दा पीएसपीको अधिकांश लक्षण पार्किन्सन्ससँग धेरै मिल्दोजुल्दो हुन्छ। तर, यो पार्किन्सभन्दा फरक हो। सामान्यतया यो रोग वृद्ध अवस्थामा लाग्ने गर्छ। यस रोगमा मस्तिष्कको कार्यमा गडबडी आई मानिसको मांसपेशीको चालमा अवरोध सिर्जना हुन्छ। मस्तिष्कका नसाहरु विस्तारै मर्दै जाँदा उत्पन्न हुने समस्या नै पीएसपी हो।

विशेषगरी यो रोग लागेपछि मानिसको शारीरिक सन्तुलन बिग्रन्छ, आँखाको दृष्टिमा असर गर्छ, बोली अस्पष्ट हुन्छ भने खानेकुरा निल्न समेत समस्या हुन्छ। पीएसपीको सुरुवाती अवस्थामा बिर्सन थाल्ने, सन्तुलन बिग्रने, अनावश्यक रुपमा लड्ने, विशेषगरी पछाडिपट्टि लड्ने लक्षण हुन्छ। शरीर अररो भई आँखाको दृष्टिमा असर गर्छ। आँखाको नानी दायाँबायाँ मात्र सर्ने र हेर्न मिल्ने हुन्छ तर तल र माथि हेर्न सकिँदैन। चम्किलो उज्यालोमा हेर्न मन नलाग्ने हुन्छ। शरीर काम्ने, कडा हुने र हिँडडुल गर्न समस्या हुने पनि यसका लक्षण हुन्। 

Shivam cement

चिकित्सकका अनुार यो रोग पूर्ण रुपमा निको हुँदैन। यसका लागि औषधि नै प्रमुख उपचार भए पनि बिरामीको दैनिक भोजन पोषिलो एवं सन्तुलित हुन नितान्त आवश्यक हुन्छ। यसका साथै आवश्यकता अनुसार फिजियोथेरापी पनि गर्नुपर्ने हुन्छ।

प्रकाशित: Jul 12, 2023| 10:04 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्