बिहीबार, असार ४, २०८३

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ। आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। 

National life

अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ। ६९ वर्षीया दाहाललाई बिहान ८ बजे कार्डियक अरेस्ट भएको अस्तपालले आफ्नो विज्ञप्तीमा जानकारी दिएको छ।

सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन्। यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ। रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन्। 

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: Jul 12, 2023| 09:37 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्