बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • व्यवसायी प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग गर्ने पक्राउ

व्यवसायी प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग गर्ने पक्राउ

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्याको धम्की दिँदै फिरौती माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

National life

फिरौती लिन आएको अवस्थामा खोटाङ घर भई काठमाडौँको चुनदेवी बस्ने रमेशकुमार गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार महाराजगञ्जबाट पक्राउ गरेको हो। 

अपहरण तथा शरीर बन्धक मुद्दामा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि गुरुङलाई प्रहरी वृत महाराजगञ्ज पठाइएको सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। 

उनले असार १३ गते प्रवेश लामाको नामबाट फोन गरी ‘हत्या गर्नका लागि योजना बनिसकेको, यदि सुरक्षित हुन चाहनुहुन्छ भने रकम दिनुपर्ने हुन्छ, डिमान्डको रकम उपलब्ध गर्नुभयो भने तपाईंको जीवन बच्न सक्छ’ भनी फोन तथा पटकपटक एसएसमएस गरी ३० करोड रकम माग गरेका थिए। 
 

प्रकाशित: Jul 12, 2023| 09:46 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्