आइतबार, वैशाख ६, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • किमकी बहिनीको चेतावनी - अमेरिकाले ‘भयानक परिणाम’ बेहोर्नुपर्छ 

किमकी बहिनीको चेतावनी - अमेरिकाले ‘भयानक परिणाम’ बेहोर्नुपर्छ 

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

प्योङयाङ- उत्तर कोरियाली शासक किम जोङ उनकी बहिनीले जासुसी विमान पठाइरहे अमेरिकालाई भयानक परिणामको चेतावनी दिएकी छन्। अमेरिकी जासुसी विमान आफ्नो क्षेत्रमा आएको भन्दै उनले यस्तो चेतावनी दिएकी हुन्।

National life

उनले सोमबार अमेरिकी जासुसी विमान आफ्नो एक्स्क्लुसिभ इकोनोमिक जोनमा आठ पटक प्रवेश गरेको बताइन्। त्यसलाई लखेट्न लडाकु विमान पठाउनुपरेको उनको भनाइ थियो।

‘अमेरिकी विमानले खुरुखुरु घुसपैठ गर्ने २०–४० किमि क्षेत्रमा भयानक घटना हुन सक्छ,’ उनले भनिन्।

सोमबार नै उत्तर कोरियाली रक्षा मन्त्रालयले अमेरिकी विमानले बारम्बार घुसपैठ गरेको भन्दै त्यसलाई खसाइदिने चेतावनी दिएको थियो।

तर, अमेरिका र दक्षिण कोरियाले भने त्यसरी विमान नपठाइएको बताएका छन्। पेन्टागनकी प्रेस सचिव सब्रिना सिंहले त्यो आरोप मात्र भएको बताइन्।

kumari

किनारबाट २०० सय नटिकल माइलसम्मको क्षेत्रलाई एक्स्क्लुसिभ इकोनोमिक जोन भन्ने गरिन्छ। जहाँको प्राकृतिक सम्पदामा सो मुलुकको हक लाग्छ। 

प्रकाशित: Jul 11, 2023| 20:10 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्