आइतबार, वैशाख ६, २०८३

आसियान बैठकमा वरिष्ठ चिनियाँ कूटनीतिज्ञ सहभागी हुँदै

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

जाकर्ता- आगामी बिहीबारदेखि इन्डोनेसियाको राजधानी जाकर्तामा आयोजना हुने दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान)का विदेशमन्त्रीहरूको बैठकमा वरिष्ठ चिनियाँ कूटनीतिज्ञले भाग लिने भएका छन्। 

National life

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले आसियान–चीन विदेश मन्त्रीहरूको बैठक, आसियान ‘प्लस थ्री’ विदेश मन्त्रीहरूको बैठकमा भाग लिने परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मङ्गलबार घोषणा गरेका छन्। 

बैठकको एउटा मुख्य विषय सदस्य देश म्यान्माको सङ्कट समाधान, त्यस निम्ति त्यहाँको सैन्य सरकारलाई वार्तामा बोलाउने रहेको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ। विद्रोहमा उत्रिएका म्यान्माका नागरिकलाई सैनिक सरकारसँग वार्तामा बस्न कसरी संलग्न गराउने भन्नेमा मत विभाजित रहेको छ। 

दुई वर्षअघि निर्वाचित नेत्री आङ सान सुचीको सरकारलाई अपदस्थ गरी सत्तामा आएको  सैनिक सरकारप्रति असहमति जनाउनेलाई अमानवीय ढङ्गले दबाएपछि म्यान्मामा घातक हिंसाका घटना बढिरहेका छन्। 

सदस्य राष्ट्र भइरहेको रक्तपातलाई बेवास्ता गरेकामा आसियानलाई बेकामे सङ्गठनका रुपमा केही पश्चिमा सरकारले आलोचना गर्दै आएका छन्। यो सङ्गठन सङ्कट समाधान गर्ने कूटनीतिक प्रयासमा पनि विभाजित छ। 

kumari

प्रकाशित: Jul 11, 2023| 20:20 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्