मंगलबार, फागुन १९, २०८२

‘एसिया–प्रशान्त क्षेत्रमा नेटोको विस्तार घातक’

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

बर्लिन- एक जर्मन सांसदले संयुक्त राज्य अमेरिकाको पूर्ण नेतृत्वमा रहेको उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को एसिया–प्रशान्त क्षेत्रमा हुन लागेको विस्तारलाई ‘घातक’ भनेकी छन्।

जापानमा नाटोको सम्पर्क कार्यालय खोल्ने योजनाप्रति टिप्पणी गर्दै जर्मनीको तल्लो सदनकी सदस्य सेभिम डग्डेलेनले अमेरिकी नेतृत्वमा नेटोले विश्वव्यापी प्रभुत्व जमाउन खोजेको बताइन्। उनले नेटोलाई अमेरिकी सुरक्षा र सैन्य नीतिको प्रमुख औजारको संज्ञा दिइन्। 

लिथुआनियाको भिल्नियसमा आजदेखि शुरु नेटो शिखर सम्मेलनले युक्रेनलाई गठबन्धन नजिक ल्याउनेछ महासचिव जेन्स स्टोल्टेनबर्गले शिखर सम्मेलन अघि भनेका थिए। नेटोले आफ्नो हितलाई अझ राम्रोसँग जोड्न युरोपेली सङ्घसँग भएको घनिष्ठ सैन्य र सुरक्षा एकीकरणलाई प्रवर्द्धन गर्न एसियाका सहयोगीहरूमा बढी ध्यान दिने सांसद डग्डेलेनले बताइन्। 

एसिया–प्रशान्त क्षेत्रलाई आफ्नो प्रभावको क्षेत्रमा समावेश गर्ने नेटोको चाहना घातक विस्तार नीतिको हिस्सा भएको उनले थपिन्। 

प्रकाशित: Jul 11, 2023| 19:55 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्