बिहीबार, असार ४, २०८३

कंगोमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०
National life
Shivam cement

कंगो- दक्षिणपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा खानी निगमको स्वामित्वमा रहेको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

हाउतकटाङ्गा प्रान्तको कम्बोवेमा रहेको खानीमा सोमबार खराब मौसमका कारण हेलिकप्टर उडेको केही मिनेटपछि नै दुर्घटनाग्रस्त भएको सुरक्षा सेवाका अधिकारीलाई उद्धृत गर्दै कम्पनीका सुरक्षा गार्ड फ्रान्सिस ल्वाम्बाले एएफपीलाई बताएका छन्।

दुर्घटनामा फ्रान्सेली पाइलट, एक दक्षिण अफ्रिकी प्रशासक र सुरक्षाको जिम्मेवारीमा रहेका पोल्याण्डका कार्यकारीको मृत्यु भएको छ। बोस माइनिङ नामको कोबाल्ट र तामा फर्मको स्वामित्वमा रहेको हेलिकप्टर छिमेकी लुआलाबा प्रान्तको कोल्वेजीका निम्ति उडेको थियो। 

प्रकाशित: Jul 11, 2023| 20:27 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्