शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • समाज
  •  ललिता निवास जग्गा प्रकरण : सचिव राउतसहित १४ जनालाई थप ५ दिन हिरासतमा राख्‍न अनुमति

 ललिता निवास जग्गा प्रकरण : सचिव राउतसहित १४ जनालाई थप ५ दिन हिरासतमा राख्‍न अनुमति

 |  मंगलबार, असार २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

vianetvianet

काठमाडौं- ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्‍चार सचिव कृष्णबहादुर राउतसहित  १४ जना थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिइएको छ। 

जिल्ला अदालत काठमाडौंले मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित १४ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। प्रहरीले राउतलाई गत आइतबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट विराटनगर जाने क्रममा विमानभित्रैबाट नियन्त्रणमा लिएको थियो। 

यसअघि गत असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए। यही आइतबार प्रहरीले पूर्व नापी अधिकृत ध्रुब अर्याल र समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको थियो। त्यसपछि मंगलबार यो प्रकरणमा जोडिएका थप २ जना नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो। 

सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो। उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो। त्यस्तै, प्रकरणमा जोडिएका काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो। 

प्रकाशित: Jul 11, 2023| 18:55 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्