बिहीबार, असार ४, २०८३

दाङमा खेतीयोग्य जमिनको आकार घट्दै

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

देउखुरी- दाङमा खेतीयोग्य जमिन घट्दै गएको पाइएको छ। खेतीयोग्य जग्गा घडेरीका रुपमा विकास गरी बिक्री हुन थालेपछि कम हुँदै गएको  कृषि ज्ञान केन्द्र दाङले जनाएको छ।

National life

केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले एक वर्षमा ६० हेक्टर खेतीयोग्य जग्गा खुम्चिएको जानकारी दिए। “धान, गहुँ, मकै फल्ने जग्गा घडेरीमा रुपान्तरण हुन थालेका छन्, कतिपय जग्गामा उद्योग स्थापना हुन थालेका छन्”, उनले भने।

केन्द्रका अनुसार दाङमा ६९ हजार नौ सय ५० हेक्टर जमिन खेतीयोग्यमध्ये ६५ हजार नौ सय ८० हेक्टर जग्गामा मात्रै खेती हुने गरेको छ। साथै ३९ हजार चार सय हेक्टर जमिनमा मात्र धान खेती हुँदै आएको छ। केन्द्रका अनुसार हाल कूल १९ हजार सात सय ९५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।

सरकारले कृषि क्षेत्रमा प्राथमिकता दिएको बताउने गरे पनि जग्गाको खण्डिकरण रोक्न असफल देखिएको छ। सरकारले जग्गाको खण्डीकरण रोक्न भूपयोग नियमावली जारी गरेको छ। यो नियमावलीले जग्गाको खण्डीकरणलाई रोक्न खोजेको भए पनि प्रधावकारी हुनसकेको छैन।   

प्रकाशित: Jul 11, 2023| 22:33 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्