मंगलबार, वैशाख १८, २०८१

औसत अनुहारका नवाज कारखानामा काम गर्दागर्दै कसरी बने कलाकार?

उनको चुनौती मुम्बई आउनुभन्दा पहिले नै शुरु भइसकेको थियो। उनकी आमा बाहेक घरमा कसैलाई पनि उनी नायक बन्छन् भन्ने विश्वास थिएन।
 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

नवाजुद्दिन सिद्दीकीको इच्छा छ, उनलाई कलाकारको रुपमा चिनियोस्। एउटा सानो गाउँबाट आएका, औसत अनुहार भएका नवाजुद्दीनको लागि बलिउडमा आफ्नो पहिचान स्थापित गर्नु त्यति सहज भने थिएन।

triton college

उनको चुनौती मुम्बई आउनुभन्दा पहिले नै शुरु भइसकेको थियो। उनकी आमा बाहेक घरमा कसैलाई पनि उनी नायक बन्छन् भन्ने विश्वास थिएन।

कसरी शुरु भयो त यो यात्रा ? नवाजुद्दीनको सिनेमा जगतमा आउने कुनै सपना थिएन। एकदमै सामान्य ग्रामीण परिवारका नवाज पढेलेखेर नोकरी गर्ने सोचमै हुन्थे। आफ्नो कलेजको दिनबारे सम्झँदै नवाज भन्छन्, विज्ञानबाट स्नातक गरेपछि धेरै दिनसम्म आवाराझैं घुमें। कारखानाहरुमा काम गरें र सोही समयमा कसैले मलाई थिएटरको बारेमा बताए। त्यतिबेला मलाई आभाष भयो। थिएटर र अडियन्स अर्थात दर्शकको जुन केमेस्ट्री छ त्यो गजबको छ। योभन्दा राम्रो त कुनै क्षेत्र हुनै सक्दैन भन्ने मेरो दिमागमा आयो। यो एउटा यस्तो काम हो जसमा मात्र तपाईंको जिम्मेवारी हुन्छ, यही कारणले मैले थिएटर जाने निर्णय लिएँ।'

थिएटरको सुरुवाती दिनमा उनले सफाइको कामसमेत गरे। मान्छेलाई चिया पनि खुवाए र प्रायः सबै किसिमको काम गरे। नवाज भन्छन्, 'ब्याक स्टेजमा काम गर्दागर्दै एक दिन मलाई एउटा सानो रोल प्राप्त भयो। पहिलो रोल जुन मात्र एक लाइनको थियो। त्यसपछि दुई लाइनको रोल प्राप्त भयो। यो सबै काम बडोदरामा चलिरहेको थियो, त्यहिबाट म एनएसडी गएँ। एनएसडी गएपछि बल्ल थाहा पाएँ अभियन के हो।'

एक पटक उनले आफ्नी आमालाई भनेका थिए- म एक्टर बन्न चाहन्छु। त्यस समय उनकी एक नातेदार पनि त्यहिँ थिइन्। उनले नवाजकी आमालाई भनिन्, ‘यो कस्तो उटपट्याङ कुरा गर्दैछ। कसैले सम्झाउ यसलाई। आफ्नो बच्चा जस्तो भए पनि सबैलाई मन पर्छ तर यसको अनुहार हेर्नु भएको छ ?’ भनेर ती महिलाले नवाजकी आमालाई भनेको उनी सम्झन्छन्।

corrent noodles
Metro Mart

नवाज भन्छन्, 'मलाई उनको कुरा सुनेर अचम्म लाग्यो र मैले सोचें कि आखिर मेरो अनुहारमा समस्या के छ ? मैले मानेँ कि म गुड लुकिङचाहिँ होइन तर त्यतिबेलै मैले तय गरेँ म सुन्दर नभए पनि नायक बन्छु–बन्छु।' यसरी सपना पूरा गर्ने अठोटले उनलाई मुम्बई लिएर आयो।

मुम्बईमा बस्नु र गुजारा चलाउनु सबैभन्दा कठिन थियो। उनी भन्छन्, ‘त्यो समय यति कठिन थियो कि म त्यो विषयमा सोच्न पनि चाहदिनँ। कुनै दिन रातिको खाना खाइन्थ्यो भने भोलि बिहान के खाने भन्ने चिन्ता हुन्थ्यो। गोरे गाउँदेखि बान्द्रा जानुपर्ने हुन्थ्यो तर हामीसँग भाडाको पैसा हुन्थेन। हामी पैदल नै हिँडिदिन्थ्यौँ। त्यतिबेला सबैभन्दा धेरै हिँडें म।’

नवाज सुनाउँछन्, 'संघर्ष त चलिरहेकै थियो तर एक दिन यस्तो भयो कि हौसला नै टुट्यो। १०–१२ दिनदेखि मसँग एक पैसा थिएन। मैले आफ्नो सिनियरसँग ५० रुपैयाँ मागेँ। उनले भने- मसँग मात्र १ सय रुपैयाँ छ यद्यपि उनले खुद्रा बनाएर मलाई ५० रुपैयाँ दिए। हामी दुवैले एकक्षणको लागि एकअर्काको आँखामा हेर्यौं र अर्को क्षण म लडें। त्यो दिन म बेस्सरी रोएको थिएँ। आफू भत्केको–टुटेको महसुस भएको थियो। त्यतिबेला मुम्बईबाट फर्किहालुँजस्तो नलागेको होइन तर फर्किनँ किनभने मलाई अभिनय बाहेक केही आउँदैनथ्यो।

सुरुवाती समयमा जब उनी अडिशनको लागि जान्थे, त्यतिबेला कास्टिङ डाइरेक्टरले उनलाई ‘एक्टर–मटेरियल’ नभएको भन्दै फर्काइदिन्थे। धेरै ठाउँमा उनी रिजेक्शन अर्थात अस्वीकृतिमा परे।  

अनि पाए रोल
नवाजले आफ्नो अभिनयको सुरुवात सानो–सानो रोलबाट गरे। कुनै चलचित्रमा एक सीन त कुनैमा एउटामात्रै डाइलगसम्मको अभिनय निभाए उनले। आफ्नो सुरुवातको रोलहरुको बारेमा नवाज भन्छन्, 'मैले सरफरोश, शूल, एक चालीस की लास्ट लोकल, मुन्नाभाइजस्तो चलचित्रहरुमा एकदमै सानो–सानो रोल गरेँ। यी सबै चलचित्रमा मेरो एक सीनको रोल मात्र थियो। तर त्यतिबेला त्यहिमात्र काम थियो मसँग। केही चलचित्रको लागि पैसा पाए तर केहीको त पैसा पनि दिएनन्।'

एक समयपछि नवाजले यस्तो चलचित्र गर्नबाट इन्कार गरे। कम्तिमा दुई सीनसम्म भएको चलचित्रमा मात्रै काम गर्ने निर्णय लिए तर उनले त्यतिबेला पनि ठूलो रोल पाएनन्। नवाज सम्झन्छन्, तर त्यतिबेला नै पीपली लाइभ, पतंगजस्तो चलचित्र बन्न थालेको थियो र ती चलचित्रहरुमा मलाई राम्रो र ठूलो रोल प्राप्त हुन  थालेको थियो। ती चलचित्र फेस्टिभलहरुमा जान थालेको थियो। त्यहीबाट मान्छेले मलाई चिन्न थालेका थिए। मान्छेले जसरी–जसरी मेरो बारेमा थाहा पाउँदै गए त्यसरी नै मैले कामहरु पाउन थालेँ।'

केही समयदेखि नवाज र उनी श्रीमतीको सम्बन्ध विवादमा थियो। यस विवादको विषयमा नवाज भन्छन्, 'मैले सधैं प्रयत्न गरे की मेरो निजी जीवनको असर मेरो प्रोफेशनमाथि नपरोस्। मैले त्यस्तै गरेँ। म चुप रहेँ र मलाई यसमा कुनै खेद छैन। म यति चाहन्थेँ की मेरो बच्चाहरु स्कुल जाउन् र आज उनीहरु जान थालेका छन्, यसमा म धेरै खुशी छु। ठूलो घर र गाडीलाई म उन्नति मान्दिनँ। म जे काम गर्न चाहन्थेँ म त्यहि गरिरहेको छु भनेर खुशी छु। मलाई कुनै रेसमा दौडने दबाव पनि छैन। मलाई मेरो इच्छाको काम भेटिरहेको छु त्यो गर्न पाइरहेको छु र अगाडि पनि यहि काम गर्न चाहन्छु।'
- बीबीसी हिन्दीका लागि नयनदीप रक्षितसँगको कुराकानीमा आधारित

प्रकाशित: Jul 10, 2023| 20:50 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्