आइतबार, कात्तिक १६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कमजोर बन्दै 'मोन्था' आँधीको प्रभाव, कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

कमजोर बन्दै 'मोन्था' आँधीको प्रभाव, कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

 |  आइतबार, कात्तिक १६, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०८२
Kumaribank
Metro Mart

काठमाडौं- बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ। पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित: Nov 02, 2025| 07:16 आइतबार, कात्तिक १६, २०८२
प्रतिक्रिया दिनुहोस्