बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एसईईपछि के पढ्ने, कहाँ पढ्ने ?

अभिभावकहरुमा आफ्ना छोराछोरीलाई के पढाउँदा उपयुक्त हुनेदेखि लिएर कुन विकल्प छनोट गर्ने, कुन प्लस टु वा शैक्षिक संस्था रोज्ने भन्ने विषयमा दुविधा हुन्छ।
 |  आइतबार, असार २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- भर्खरैमात्र एसईईको नतिजा आएको छ। यसले विद्यार्थी र अभिभावकमा उत्साह ल्याएको छ। साथै अब अगाडि कुन विषय रोज्ने? के पढ्ने? कहाँ पढ्ने? भन्ने अन्योल पनि छ। 

himalayan bank box

अभिभावकहरुमा आफ्ना छोराछोरीलाई के पढाउँदा उपयुक्त हुनेदेखि लिएर कुन विकल्प छनोट गर्ने, कुन प्लस टु वा शैक्षिक संस्था रोज्ने भन्ने विषयमा दुविधा हुन्छ।

लिटिल एन्जल स्कुलका प्रधानाध्यापक मुकुन्दराज शर्माका अनुसार कक्षा १० पछि के पढ्नेमा विभिन्न विकल्पहरु छन् तर आफूलाई कुन विषय पढ्दा वा रोज्दा सही हुने हो, त्यसमै भर्ना हुनु राम्रो हो। शर्मा भन्छन्, '११ र १२ कक्षा भनेको करियर होइन यो करियर बनाउने एउटा फाउण्डेशन हो। यसले करियर बनाउनको लागि पूर्वाधार तयार गर्छ। विद्यार्थीको रुचि केमा छ, कुन क्षेत्रमा भविष्य बनाउन चाहन्छ, त्यो विषय छनौट गर्नुपर्छ। उसले भविष्यमा वकिल, डाक्टर, विजनेसमेन के बन्न मन छ त्यसै अनुसार विषय छान्नुपर्छ।' यसमा अभिभावकको पनि ठूलो रोल हुने बताउँदै उनले भने, अभिभावकले विषय छान्नको लागि कहिल्यै पनि दवाव दिनु हुँदैन।' 

शिक्षाविद् धनन्जय शर्माका अनुसार कुनै पनि विषय आफैंमा नराम्रो हँदैन। अभिभावकले प्रायः बच्चालई ए प्लस ल्याएका छौ साइन्स पढ्नुपर्छ भनेर दवाव दिने गरेको सुनिन्छ तर त्यस्तो गर्नु हुँदैन। लो ग्रेड ल्याएकालाई समेत भारी बोकाउन नहुने उनी बताउँछन्। 

उनी भन्छन्– अभिभावकले के बुझ्नुपर्छ भने जति राम्रो प्रतिशत ल्याएको छ उसले भाषा पढ्यो भने त्यो गजब हुन्छ। भोलि त्यो ठूलो भाषाविद् भएर निस्कन सक्छ। त्यस्तै पोल्टिकल साइन्स पढेर राम्रो पोलिटिशन, इकोनोमिस्ट बन्यो भने देशलाई ठूलो सहयोग हुन्छ। भनेपछि जे विषय लिए पनि आफ्नो विषयमा नम्बर वान भएर निस्किनु पर्यो। नेपालमा उच्च अध्ययनका लागि लगभग चार प्रकारका अध्ययन संस्थान छन्। ए लेवल पढ्न सकिन्छ। प्रायः विदेशमा अध्ययन तथा उतै करियरको प्लानिङ गर्ने विद्यार्थीका लागि ए लेवल उपयुक्त हुन सक्छ। यद्यपि यो शिक्षा महँगो मानिन्छ। दुई वर्षको अवधिमा ४ देखि १२ लाखसम्म खर्च पर्न आउँछ। अर्को भारतीय बोर्ड अन्तर्गतको सीबीएससी तथा आइसीएसी अन्तर्गतका क्याम्पसहरु पनि छन् नेपालमा। 

Metro Mart
vianet

तेस्रो प्लस टु सिस्टम छ। प्राविधिक शिक्षामा पनि आकर्षण छ। जसको लागि सिटिइभीटीका संस्थाहरुको छनौट गर्न सकिन्छ। नेपाली अधिकांश विद्यार्थीको हकमा भने प्लस टु पहिलो रोजाइमा पर्ने गरेको छ। त्यसपछि अन्तर्राष्ट्रिय स्तरको मान्यताप्राप्त ए लेवल, सिटिइभिटिमार्फत सञ्चालित हुने प्राविधिक कोर्षहरु पनि विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। भारतीय बोर्ड सीबीएससीलगायतमा समेत यतिवेला आकर्षण देखिन्छ। 

प्राविधिक शिक्षा पनि राम्रो विकल्प
स्वरोजगारमुखी हुन चाहने तथा चाँडै काम पाउन सकिने सिटिइभीटी रोजगारीमूलक तालिम र विभिन्न टेक्निकल कोर्सहरु राम्रो विकल्प हुन सक्ने शिक्षाविद्हरु बताउँछन्। ट्रिटन इन्टरनेशनल कलेज काठमाडौं कलेजका प्रधानाध्यापक एसोसिएट प्रो मदन शाक्यले एसईई विद्यार्थीलाई ट्रिटनमा स्वागत गर्न उत्साहित रहेको जनाए। उनले कक्षा ११ मा विज्ञान, व्यवस्थापन, कानुन विषय सञ्चालनमा रहेको बताउँदै भने, 'कजेलले विज्ञान र व्यवस्थापनका विद्यार्थीहरुलाई यस वर्षदेखि नयाँ कार्यक्रम ल्याउन लागेको छ।' प्राध्यापक शाक्यले बाहिर गएर भविष्य खोज्ने र पछि उच्च शिक्षाको लागि विदेश जान खोज्ने विद्यार्थीहरुको लागि त्यसै अनुरुपको कोर्षहरु रहेको बताए। 

काठमाडौंस्थित नाशा इन्टरनेशनल कलेजका प्रिन्सिपल सुधीर झा भन्छन् 'विषय कुनै पनि नराम्रो वा संकाय कमजोर हुँदैन। बरु आफू जे विषय रोजे पनि त्यसमा आफ्नो बेस्ट आउटपुट भने दिन सक्नु पर्छ।; उनले विद्यार्थीहरुलाई आफ्नो रुचि, क्षमता र करियर अनुसार विषयको चुनाव गर्न सल्लाह दिए।

उनले एसइई दिएका भर्खरका केटाकेटी अहिले नै के पढ्दा भविष्यलाई राम्रो हुने वा आफ्नो करियर सुनिश्चित हुने जस्ता परिपक्व निर्णय गर्ने अवस्थामा नरहेको बताउँदै यस विषयमा अभिभावक, शिक्षकले सहि सल्लाह र मार्गनिर्देश गर्नुपर्ने बताए। शिक्षाविद्हरु पनि विद्यार्थीहरुको इच्छालाई ध्यानमा राख्दै उपयुक्त विषय छान्न प्रेरित गर्नुपर्ने बताउँछन्। 

विषय र करियर
विषय छनौट गर्दा रुचि अनुसार गर्दा राम्रो परिणाम दिनसक्छ। डाक्टर वा इन्जिनियर बन्नु छ भने प्लस टू वा ए लेवलमा विज्ञान विषय रोज्नुपर्छ। यी विषय पढेर अन्य क्षेत्र जस्तै, फार्मेसी, मेडिकल रिप्रेजेन्टेटिभ, नर्सिङलगायतको क्षेत्रमा पनि जान सकिन्छ।

व्यवस्थापन विषय रोज्दा थुप्रै क्षेत्रमा भविष्य बनाउन सकिन्छ। यसमा सीए, बैंकिङ, कर्पोरेट, एकाउन्टेन्ट, व्यापार–व्यवसाय लगायतको क्षेत्र रोज्न सकिन्छ। मानविकीको आफ्नो छुटै क्षेत्र छ। कला, साहित्य, लेखन, भाषालगायतको क्षेत्रमा आफ्नो भविष्य बनाउन खोज्ने वा रुचि हुनेहरुको लागि मानविकी राम्रो विषय हो। त्यस्तै प्राविधिक लगायतमा समेत थुप्रै विषय छनौट गर्न सकिन्छ।   

उपयुक्त संस्थाको पहिचान
कक्षा ११ को लागि नयाँ भर्ना खुलिसकेको छ। एसईई दिएका लाखौं विद्यार्थी साउनमा कक्षा ११ मा भर्ना भइसक्छन्। उपत्यकालगायत बाहिरका क्याम्पसहरुले पनि धमाधम प्रवेश परीक्षाको तयारी गरिरहेका छन्। कलेजहरुले यतिबेला विद्यार्थी र अभिभावकलार्ई आकर्षित गर्न भड्किलो प्रचारबाजी समेत गरिरहेका छन्।  

झण्डै ३ हजार ७ सय प्लस टुमध्ये १ हजार ५० बढी प्लस टु निजी क्षेत्रबाट सञ्चालित छन्। क्याम्पस छनौटको सम्बन्धमा शान्तिनगर स्थित फ्लोरिडा कलेजका प्रबन्ध निर्देशक तथा लेक्चरर शरदकुमार सुन्दर भन्छन्– क्याम्पस छनौट गर्दा क्याम्पसको सुरुदेखि हालसम्मको रिपोर्ट, विद्यार्थीहरुलाई अगाडिको तयारीका लागि के फरक र विशेष पढाइन्छ, कति पूर्व विद्यार्थी सफल रहे, क्वालिफाइड प्रशिक्षक टिम छ–छैन भन्ने आधारभूत जानकारी प्राप्त गरेर मात्रै भर्ना हुनुपर्छ। 

त्यस्तै लिटिल एन्जल स्कुलका प्रधानाध्यापक मुकुन्दराज शर्मा भन्छन्– अभिभावकले पहिला संस्थाको रेकर्ड हेर्नुपर्छ। कति लामो इतिहास छ र कति पछिसम्म त्यसले इतिहास धान्न सक्छ। किनभने अबको २० वर्षसम्म त्यो संस्था विद्यार्थीलाई चाहिन्छ। आफूले बालबच्चालाई पढाउन खोजेको क्याम्पसको एकेडेमिक पर्फरमेन्ससमेत ध्यानमा राख्नुपर्छ।

प्रकाशित: Jul 09, 2023| 10:10 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्