शनिबार, साउन ३१, २०८२

आज पनि बैंक तथा वित्तिय संस्था खुल्ने

 |  शनिबार, असार २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- आज शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ने भएको छ। नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएसँगै आज बैंक खुल्ने भएको हो।

महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको थियो।

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ।

प्रकाशित: Jul 08, 2023| 09:28 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्