बिहीबार, साउन २१, २०८३

रुसको बारुद कारखानामा विष्फोट हुँदा ६ जना हताहत

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

मस्को- मध्य रुसी क्षेत्र समारामा रहेको एउटा बारुद कारखानामा भएको विष्फोटमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य दुई जना घाइते भएका छन्। 

रुसी समाचार एजेन्सीहरूका अनुसार चपाएभास्क शहरको प्रमिश्तेञ्ज प्लान्टमा विस्फोट हुँदा आठ जना घाइते भएकामा छ जनाको तत्काल मृत्यु भएको हो। आरआईए नोवोस्ती समाचार एजेन्सीले उपकरणको मर्मतसम्भारका क्रममा उक्त विष्फोट बिहीबार अबेर भएको  आपतकालीन सेवाका अधिकारीहरूलाई उद्धृत जनाएको छ। 

एक सय १२ वर्ष पुरानो उक्त कारखाना तत्कालीन सोभियत सङ्घ र रुसका निम्ति अत्यावश्यक पर्ने  विष्फोटक पदार्थ उत्पादन गर्ने मुख्य कारखाना हो। भूमि उत्खनन, ग्यास आपूर्ति र सडक निर्माणलगायत कार्यमा आवश्यक पर्ने औद्योगिक विष्फोटक पदार्थ बनाउने उक्त कारखानामा एक हजार तीन सय कामदार रहेका बताइएको छ। 

प्रकाशित: Jul 07, 2023| 20:15 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्