मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राहुल गान्धीविरुद्धको पुनरावदेन रिट उच्च अदालतद्वारा खारेज

राहुल गान्धीविरुद्धको पुनरावदेन रिट उच्च अदालतद्वारा खारेज

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

नयाँ दिल्ली- भारतको गुजरात उच्च अदालतले मानहानिको मुद्दामा विपक्षी नेता राहुल गान्धीले गरेको पुनरावेदन खारेज गरिदिएको छ।  २०१९ मा ‘मोदी’ थरका विषयमा गान्धीले गरेको टिप्पणीका विषयमा फैसला गर्दै गत मार्चमा अदालतले उनलाई दुई वर्ष जेल सजाय सुनाएको थियो। 

सो फैसलापछि उनी सांसद पदमा रहनका लागि अयोग्य भएका थिए। अपराधमा दोषी ठहर भएका र दुई वर्ष वा त्यसभन्दा माथि सजाय तोकिएका सांसदको पद तत्काल जाने कानुन छ।

फैसलाविरुद्ध उनी उच्च अदालत गएका थिए। तर, उच्चले उनको पुनरावेदन खारेज गरिदिएको छ। अब उनी सर्वोच्च अदालत जाने कंग्रेस पार्टीले जनाएको छ।

सबै कानुनी मार्ग बन्द नहुन्जेल उनलाई पक्राउ भने गरिने छैन। कतिपयले गान्धीको लोकप्रियता बढ्दै जाँदा अर्को वर्ष हुने चुनावमा उठ्न नदिन उनीविरुद्ध यस्तो षड्यन्त्र गरिएको आरोप लगाएका छन्। 

गान्धीविरुद्धको मुद्दा सत्तारुढ भाजपाका सांसद पूर्णेश मोदीले दायर गरेका थिए। ‘यी सबै चोरहरुको थर किन मोदी नै छ?’ २०१९ को चुनावी र्‍यालीमा गान्धीले भनेका थिए, ‘निरव मोदी, ललित मोदी, नरेन्द्र मोदी।’

kumari

हिरा व्यापारी निरव मोदी भारतबाट भागेका व्यक्ति हुन् भने ललित मोदी आईपीएलका प्रमुख हुन्, जसलाई क्रिकेट बोर्डले वित्तीय अनियमितताको आरोपमा उनलाई जीवनभरका लागि प्रतिबन्ध लगाएको छ।

प्रकाशित: Jul 07, 2023| 18:18 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्