पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको फाइनल प्रवेशका लागि जारी प्ले अफ खेलमा काठमाडौं रोयल्सले चिनवन राइनोजलाई जितका लागि ९५ रनको झिनो लक्ष्य सुम्पेको छ । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको ज्ञानेन्द्र मल्लको काठमाडौंले १९.३ ओरभमा सबै विकेट गुमाउदै ९४ रन मात्र बनाएको थियो ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । उनले ३५ बल खेल्दै दुई चौका प्रहार गर्दै ३० रन जोडेका हुन् । त्यस्तै जयकिसन कोल्सावालाले २५ रन जोडे । उनले २७ बल खेल्दै दुई चौका चारहार गरेर २५ रन जोडेका थिए ।
खराब सुरुवात गरेको काठमाडौंले सुरुवाती चार विकेट टिमको ३० रन पुग्दा गुमाउन पुगेको थियो । त्यसपछि मैदान आएका कप्तान ज्ञानेन्द्रले सँग सहकार्य गर्दै कोल्सावालाले पारी उकास्ने प्रयास गरे पनि उनी १२.४ ओभरमा टिमको ६८ रन हुँदा आउट हुन पुग्ये । अन्य ब्याटसम्यानले भने चितवनका खेलाडीविरुद्ध खुलेर खेल्न सकेनन् ।
पारस खड्काको चितवनका लागि सन्नी पटेलले तीन विकेट लिए । त्यस्तै स्मित पटेल र भु्वन कार्कीले समान दुई दुई विकेट लिँदा कप्तान खड्काले एक विकेट लिए । चितवनले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।
यस खेलको विजेता टोलीले शरद भेषवारको आयोजक टोली पोखरा पल्टसँग फाइनल खेल खेल्ने छ । लिगमा चितवन लिगको दोस्रो र काठमाडौं तेस्रो हुँदै प्ले अफमा छनोट भएका थिए । लिगको पहिलो चरणको पाँच खेलमा ३ जित र २ हारसहित चितवन र काठमाडौंले समान ६-६ अंक जोडेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४