मंगलबार, चैत १७, २०८२

फाइनल प्रवेशका लागि काठमाडौं टस जितेर ब्याटिङ गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर
 
पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको फाइनल प्रवेशको लागि प्ले अफमा काठमाडौं रोयल्सले चिनवन राइनोजविरुद्ध ब्याटिङ गर्दै छ । 

पोखरा रंगशालामा ज्ञानेन्द्र मल्लको काठमाडाले पारस खड्काको चितवनविरुद्ध टस जितेर पहिहलो ब्याटिङ गर्ने निर्णय गरेको हो । यस खेलको विजेता टोलीले शरद भेषवारको आयोजक टोली पोखरा पल्टसँग फाइनल खेल खेल्ने छ । 

लिगमा चितवन लिगको दोस्रो र काठमाडौं तेस्रो हुँदै प्ले अफमा छनोट भएका थिए । लिगको पहिलो चरणको पाँच खेलमा ३ जित र २ हारसहित चितवन र काठमाडौंले समान ६-६ अंक जोडेका थिए । 

तर, नेट रन रेटको आधारमा चितवन दोस्रो र काठमाडौं तेस्रो स्थानमा रहेको थिए ।  चितवन र काठमाडौंबीचको प्ले अफ खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । किनकी दुवै टोली उच्च लयमा देखिएका छन् । 

सुरुवातमा जम्न नसकेको चितवन पछिल्लो समय लयमा रहेको छ । सुरुवाती २ खेल गुमाएको चितवनले त्यसपछि लगातार ३ खेलमा जित निकाल्यो । लिग चरणमा काठमाडौंलाई पराजित गरेको चितवन थप उच्च मनोबलसहित मैदान उत्रनेछन् । 

यता, काठमाडौंले भने लिग चरणको हारको बदला लिंदै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । विजेताले मंगलबार हुने फाइनलमा घरेलु टोली पोखरा पल्टनसंग खेल्नेछ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।