बिहीबार, साउन ७, २०८३

काग्लियारीमाथि युभेन्टसको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

टुरीन (एजेन्सी)- शनिबार राति भएको इटालियन सिरी ए लिग फुटबलमा साबिकको विजेता युभेन्ट्सले सहज जित निकालेको छ । युभेन्ट्सले काग्लियारीलाई ३-१ ले पराजित गर्दै सहज जित निकालेको हो ।

युभेन्ट्सको घरेलु मैदानमा जित दिलाउन पाउलो डिबाला र जुवान काउड्राडोले एक एक गोल गरे । युभेन्ट्सले एक आत्मघाती गोल उपहार पाएको थियो । काग्लियारीका फिलिप ब्राडारिचले आत्मघाती गोल गर्दा जोया पेड्रोले एक गोल फर्काए ।

खेलको पहिलो मिनेटमै डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा पेड्रोले गोल फर्काउदै खेल १-१ को बराबरीमा ल्याएका थिए । ३८ औं मिनेटमा ब्राडारिचले आत्मघाती गोल गरेपछि युभेन्ट्सले २-१ को अग्रता बनायो । 

त्यसपछि खेलको ८७ औं मिनेटमा काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई ३-१ को सहज जित निकालबो थियो । पाहुना टोलीविरुद्ध स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने गोल गर्न असफल भए । 

उनले पाएको केहि मौकामा गोल गर्न सकेनन् । तर, खेलअघि रोनाल्डोलाई युरोपियन क्लब फुटबलमा ४ सय गोलको पुरा गरेकोमा क्लबले सम्मान स्वरूप ४०० अंकित जर्सी प्रदान गरेको थियो ।

रोनाल्डोले उक्त जर्सी प्रदर्शनी गरेका थिए । यस जितसँगै युभेन्ट्सले ११ खेलबाट ३१ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ । पराजित काग्लियारी १३ अंक जोडेर १३ औं स्थानमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।