बिहीबार, साउन ७, २०८३

ला लिगामा रियलको पुनरागमन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मड्रिड (एजेन्सी)- शनिबर राति भएको स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । लिग खेलमा रियलले रियल भालाडोलिडलाई २-० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । 

पछिल्ला ६ खेलमा जराजय भोग्दै आएको रियलको यो पहिलो जित हो । जुलेन लुपेटेगुई को स्थानमा आएका प्रशिक्षक सान्टियागो सोलारीको ला लिगामा यो पहिलो जित समेत हो । नयाँ प्रशिक्षकको नेतृत्वमा पहिलो पटक लिगमा उत्रिएको रियलमा पुरानै समस्या प्रष्ट देखिएको थियो । 

उसले गोलका लागि खेलको अन्तिम समयसम्मै पर्खनु पर्यो । दोस्रो हाफमा भालाडोलिडका दुई प्रहार पोस्टमा लागेर फर्किएका थिए ।

८३ औ मिनेटमा ब्राजिलियन युवा खेलाडी भिनिसियस जुनियरको प्रहार भालाडोलिडका डिफेन्डर किको ओलिभसलाई लागेर पोस्टमा छिरेको थियो । सोही आत्मघाति गोलबाट रियलले खेलमा अग्रता लिएका थियो । 

खेल सकिन दुई मिनेट बाँकी छदाँ रियलले पेनाल्टीको अवसर पायो । करिम बेन्जिमालाई डि बक्सभित्र लडाँएपछि प्राप्त पेनाल्टीमा कप्तान सर्जियो रामोसले गोल गरेका थिए ।

जितपछि रियल ११ खेलबाट १७ अंक जोड्दै तालिकाको छैटौ स्थानमा उक्लिएको छ । भालाडोलिड १६ अंक सहित आठौ स्थानमा छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।